
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

यता, सुनको मूल्य घटेका बेला चाँदीको मूल्य भने उकालो लागेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३५५ रुपैयाँ कायम भएको छ। बजारमा बहुमूल्य धातुको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार र स्थानीय मागका आधारमा परिवर्तन हुँदै आएको छ।
































