
राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएको घटनाबारे अनुसन्धान गर्दै दोषीमाथि कारबाही गर्न सिफारिस गरेको छ।


आयोगको प्रतिवेदनमा रवि लामिछाने माथि प्रत्यक्ष दोषारोपण भने नगरिएको भए पनि घटनासम्बन्धी विभिन्न पक्षमाथि गहिरो अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, गैरकानूनी रूपमा कैदीबन्दी बाहिरिँदा समाजमा असुरक्षा सिर्जना भएको निष्कर्ष निकाल्दै आयोगले नख्खु कारागारको व्यवस्थापन तथा जिम्मेवारीबारे प्रश्न उठाएको छ।
आयोगले नख्खु कारागारका जेलर सत्यराज जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी का नेता मनीष झा र हरि ढकाललगायत व्यक्तिहरूको भूमिकामाथि समेत सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ।
नख्खु कारागार बाट भएको उक्त घटनाले सुरक्षा व्यवस्थापन र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको आयोगको निष्कर्ष छ।
































