
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै ४९ जनामाथि सुक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। अनुसन्धानको घेरामा पूर्वप्रधानमन्त्री Sushila Karki, जेनजी अभियन्ता, पत्रकार, युट्युबर, कन्टेन्ट क्रियटर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समेत परेका छन्।


आयोगले ४९ जना व्यक्तिहरूमाथि अनुसन्धान गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको हो। अनुसन्धानको घेरामा तानिनेमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की,डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुड, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङग, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल वस्नेत, सुशिला कार्की,ओम प्रकाश अर्याल, गौरी बहादुर कार्की, पशुपति खड़का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ्ग, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्य लक्ष्मी सिंह, निशान मैनाली छन्।
आयोगका अनुसार प्रदर्शनपूर्व, प्रदर्शनका दौरान र त्यसपछि सामाजिक सञ्जालमा दिइएका अभिव्यक्ति, सञ्चार सामग्री र सुरक्षा निकायको प्रतिवेदनका आधारमा उनीहरूको भूमिका अनुसन्धान गर्नुपर्ने देखिएको हो।
प्रतिवेदनमा भदौ २३ मा एभरेष्ट होटल अगाडि २०–२५ हजारको भीड जम्मा भएपछि सुधन गुरुङले नेतृत्व गरेको उल्लेख गरिएको छ। साथै प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षति, सार्वजनिक शान्तिमा परेको असर र अभिव्यक्तिबाट उत्पन्न उत्तेजनाबारे पनि विस्तृत छानबिन गर्नुपर्ने भनिएको छ।
आयोगले सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइ सुनिश्चित गर्दै निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नुपर्ने स्पष्ट सिफारिस गरेको छ।
































