गर्मीबाट राहत मिल्ने संकेत: शुक्रबारदेखि देशका अधिकांश क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना

Image
Nisarga Hospital

देशभर बढ्दो गर्मीबीच पर्सि शुक्रबारदेखि मौसममा परिवर्तन आउने संकेत देखिएको छ। मौसमविद्का अनुसार भोलि बिहीबार बेलुकादेखि हल्कादेखि मध्यम वर्षा सुरु हुने र शुक्रबार रातिसम्म वर्षाको गतिविधि थप सक्रिय बन्ने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

विशेषगरी अत्यधिक गर्मीले प्रभावित Lumbini Province र Sudurpashchim Province का तराई क्षेत्रमा समेत वर्षा हुने अनुमान गरिएको छ, जसले जनजीवनमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

मौसमविद् Binod Pokharelका अनुसार सुदूरपश्चिमदेखि बागमतीसम्मका धेरै स्थानमा शुक्रबार ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भागमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुन सक्छ।

nawajiwan

त्यसैगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका तराई तथा पहाडी क्षेत्रमा हावाहुरीको जोखिम पनि रहेको बताइएको छ। नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमको अद्यावधिक जानकारीमा ध्यान दिन आग्रह गरिएको छ।