मनसुनजन्य विपद् सामना गर्न महाकालीमा संयुक्त उद्धार अभ्यास

Image
Nisarga Hospital

नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिएको छ। बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उक्त अभ्यासमा बाढी तथा प्राकृतिक विपद्का समयमा गरिने उद्धार, खोज तथा क्षति न्यूनीकरणका नमूना प्रस्तुत गरिएको थियो।

CP Hospital Dhangadhi

बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले मनसुनका बेला सम्भावित जोखिमबारे सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले अभ्यास गरिएको बताए। उनले महाकाली क्षेत्रमा बाढीजन्य जोखिम बढ्दै गएको उल्लेख गर्दै नेपाली सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने जानकारी दिए।

Attariya Hospital

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीले संयुक्त रूपमा विपद् व्यवस्थापनको प्रदर्शन गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले वर्षायाममा नदी किनार क्षेत्र उच्च जोखिममा रहने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालालगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।

nawajiwan