१५ वर्षीय वैभव सूर्यवंशीले आईपीएल २०२६ मा रचे इतिहास, तीन प्रमुख अवार्ड आफ्नो नाममा

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले असाधारण प्रदर्शन गर्दै इतिहास रचेका छन्। प्रतियोगिताभर विस्फोटक ब्याटिङ गरेका उनले ‘मस्ट भ्यालुएबल प्लेयर’, ‘ओरेन्ज क्याप’ र ‘इमर्जिङ प्लेयर’ तीनै प्रमुख अवार्ड जित्दै सिजनकै सर्वाधिक चर्चित खेलाडी बने।

CP Hospital Dhangadhi

वैभवले १६ इनिङ्समा २३७.३० को उच्च स्ट्राइक रेटसहित ७७६ रन बनाउँदै विपक्षी बलरहरूलाई दबाबमा राखे। उनी एउटै सिजनमा MVP र इमर्जिङ प्लेयर दुवै अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्। साथै, एकै सिजनमा ७२ छक्का प्रहार गर्दै क्रिस गेलको ५९ छक्काको पुरानो कीर्तिमान तोड्न सफल भए।

Attariya Hospital

बलिङतर्फ गुजरात टाइटन्सका कागिसो राबाडाले १७ खेलमा २९ विकेटसहित ‘पर्पल क्याप’ जिते। रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार २८ विकेटका साथ दोस्रो स्थानमा रहे।

nawajiwan

ओरेन्ज क्याप सूचीमा शुभमन गिल दोस्रो र साई सुदर्शन तेस्रो भए। वैभवको उत्कृष्ट प्रदर्शनका बाबजुद राजस्थान रोयल्स प्लेअफसम्म पुगेर क्वालिफायर २ मा पराजित भयो।