मौसमको चेतावनी : देशभर वर्षा, चट्याङ र बदलीको प्रभाव, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा बादल लाग्ने र विभिन्न प्रदेशमा वर्षा तथा चट्याङको सम्भावना रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। साथै मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

रातिको समयमा पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, साथै कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

महाशाखाले चट्याङ, वर्षा र सम्भावित मौसमीय जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

nawajiwan