
नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ८०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला चाँदी ९० रुपैयाँले सस्तो हुँदै ४ हजार ६५० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आउने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्ने भएकाले दैनिक रूपमा मूल्यमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।

































