असोज ७ देखि पोखरा–दुबई सिधा उडान सुरु, पर्यटन र अर्थतन्त्रमा नयाँ आशा

Image
Nisarga Hospital

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि आगामी असोज ७ गतेदेखि नियमित व्यावसायिक उडान सुरु हुने भएको छ। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएसँगै पोखराको पर्यटन क्षेत्रमा नयाँ उत्साह देखिएको छ।

CP Hospital Dhangadhi

‘फ्लाई दुबई’ ले दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ, जससँगै पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको बाटो खुलेको हो। यसअघि पोखराबाट चीन, भुटानतर्फ चार्टर उडान र भारततर्फ आकस्मिक मेडिकल उडान मात्र हुँदै आएका थिए।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब मुलुकको दोस्रो प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले यो उपलब्धिलाई अन्तर्राष्ट्रिय पहिचान विस्तार, पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी आकर्षणको महत्वपूर्ण अवसर भनेका छन्।

nawajiwan
Attariya Hospital

होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार यसले नेपाल–यूएईबीच पर्यटन, व्यापार र जनस्तरको सम्बन्ध थप बलियो बनाउनेछ। पर्यटन व्यवसायीहरूले पनि यो उडानले सुस्ताएको पोखराको पर्यटन उद्योगलाई पुनः चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।

दैनिक उडान सुरु भएपछि गण्डकी प्रदेशका यात्रुहरू काठमाडौँ धाउनुपर्ने बाध्यता हट्नेछ। फ्लाई दुबईमार्फत आधिकारिक वेबसाइट र ट्राभल एजेन्सीबाट टिकट बुकिङ गर्न सकिने जनाइएको छ।