ट्रम्पको कडा चेतावनी: इरानमाथि शक्तिशाली सैन्य आक्रमणको घोषणा, मध्यपूर्व तनाव चरममा

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अत्यन्तै घातक र शक्तिशाली सैन्य आक्रमण गर्ने घोषणा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकी सेनाले आज राति नै इरानका रणनीतिक ठेगानाहरूलाई लक्षित गरी ठूलो स्तरको कारबाही सुरु गर्ने जानकारी दिएका हुन्। ह्वाइट हाउसले सैन्य कमाण्डरहरूसँगको परामर्शपछि निर्णय गरिएको बताएको छ।

CP Hospital Dhangadhi

राष्ट्रपति ट्रम्पले इरानका नौसेना, वायुसेना, राडार र वायु रक्षा प्रणालीलगायत अधिकांश सैन्य क्षमताहरू पहिले नै नष्ट भइसकेको दाबी गरेका छन्। साथै, उनले इरानको ऊर्जा क्षेत्रलाई समेत लक्षित गरी नियन्त्रणमा लिने रणनीति सार्वजनिक गरेका छन्।

ट्रम्पले निकट भविष्यमा खार्ग टापुजस्ता प्रमुख तेल निर्यात केन्द्रहरू कब्जा गर्ने संकेत गर्दै इरानको तेल तथा ग्यास बजारमाथि नियन्त्रण गर्ने योजना अघि सारेका छन्। फारसको खाडीस्थित खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो, जहाँबाट करिब ९० प्रतिशत कच्चा तेल निर्यात हुने गर्दछ।

nawajiwan
Attariya Hospital

यस घोषणासँगै वासिङ्टन र तेहरानबीचको लामो तनाव युद्धको संघारमा पुगेको छ। ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रम र क्षेत्रीय गतिविधि रोक्न यो कदम आवश्यक भएको दाबी गरेको छ।

तर, यस कदमले विश्व तेल बजारमा मूल्य वृद्धि र मध्यपूर्वमा ठूलो युद्धको जोखिम बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेका छन्।