आजको मौसमः देशभर वर्षाको सम्भावना, कतै भारी वर्षा र हिमपातको चेतावनी

Image
Nisarga Hospital

देशका विभिन्न भागमा आज वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि काठमाडौंसहित केही स्थानमा वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशसहित हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बादल रहनेछ। कोसी र मधेस प्रदेशका केही स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा मध्यम वर्षा/हिमपात हुन सक्ने पूर्वानुमान छ। तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।

nawajiwan
Attariya Hospital

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायु पूर्वतर्फ सर्दै गएकाले देशभर वर्षा, हावाहुरी र मौसम परिवर्तन देखिएको छ। मनसुनी वायु प्रवेशको क्रमले तराईमा गर्मी केही घट्ने भए पनि केही स्थानमा हावाहुरीको जोखिम रहने बताइएको छ।

हाल उपल्लो वायुमण्डलको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावले देशको मौसम अस्थिर बनेको विभागले जनाएको छ।