सुस्ता सीमा विवादमा सरकारको चासो, भारतीय सुरक्षाकर्मी प्रवेशबारे परराष्ट्र मन्त्रालयले कदम चाल्ने

Image
Nisarga Hospital

सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाबारे परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल र आवश्यक कदम चाल्ने जानकारी दिए।

CP Hospital Dhangadhi

प्रवक्ता पोखरेलले सुस्ताका स्थानीयवासीले आफ्नो भूमिको रक्षा गर्दै देखाएको साहसको प्रशंसा गर्दै, “सुस्तामा नागरिकले भूमिको रक्षा गरेर बसेका छन्, उहाँहरूलाई नमन गर्नुपर्छ,” भने।

Attariya Hospital

शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मी सीमा पार गर्दै नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयवासीले विरोध जनाउँदै प्रतिकार गरेका थिए। घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।

nawajiwan

यसै विषयलाई लिएर प्रतिनिधिसभा बैठकमा सांसद हर्क साम्पाङले सरकारको ध्यानाकर्षण गराउँदै रक्षामन्त्रीको जवाफसमेत माग गरेका थिए। सरकारले घटनाबारे सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।