धनगढीमा युवतीको शंकास्पद मृत्यु : श्रीमानसहित ५ जनाविरुद्ध जाहेरी, अनुसन्धानका लागि श्रीमान पक्राउ

Image
Nisarga Hospital

कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले श्रीमान भरत धामीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। माइती पक्षले घटनालाई आत्महत्या नभई हत्या भएको दाबी गर्दै संलग्नमाथि कानुनी कारबाहीको माग गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार साँझ करिब ४ः३० बजे पूजा आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। श्रीमानले उनलाई उपचारका लागि नवजीवन अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

Attariya Hospital

ससुराली पक्षले घटनालाई आत्महत्या भनेको भए पनि माइती पक्षले उक्त दाबी अस्वीकार गर्दै हत्या भएको आरोप लगाएको छ। सोही आधारमा प्रहरीले अनुसन्धानका लागि श्रीमान भरत धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।

nawajiwan

करिब नौ महिनाअघि मात्रै विवाह भएकी पूजाको शवको पोस्टमार्टम समाचार तयार पार्दासम्म हुन सकेको थिएन। प्रहरीले पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने जनाएको छ। साथै, अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।