
जिब्रो मै धार भए हतियार चाहिंदैन,
घांटी उसैले रेट्नेछ तलवार चाहिँदैन।

खोला सुकिसके हिमाल पग्ली सक्यो,
यो देश डुबाउने अब औतार चाहिंदैन।
पसिना बगायौँ रगतले मुछियो माटो,
गरिबलाई लुट्ने अब संसार चाहिंदैन।

एउटै झण्डा उचालौं चन्द्र सूर्य वाला,
सन्तान लडाउने अब आधार चाहिदैन।
मानिस भएर बाचौँ स्वाभिमानी हामी,
कसैसँग घाटाको यो व्यापार चाहिदैन।
सुस्ता नदेख्ने लिपुलेख र कालापानी,
विदेशी दलाल अब सरकार चाहिंदैन।
॥१॥
हुरि बतासले खुबै रफ्तार छोपेको,
देख्छु यसले पनि औजार छोपेको।
खै शङ्घर्ष नगरी कहाँ छर बाँचनु,
प्राकृतिलेपनि उस्तै संसार छोपेको।
मनसुन आयो वा लगायो कुनै ताल,
चिन्नै नसकिने छ अनुहार छोपेको।
कतै बतास कतै तुफानसँगको पानी,
प्राकृतिले अनौठो संस्कार छोपेको।
बुझ्न गारो मौसमको बदलिंदो चाल,
छ आफ्नै योजना लगातार छोपेको।
॥२॥
सबथोक बनायौं बनाएनौं आधार जिउनें
प्राकृती प्रकोपबाट सुरक्षित् संसार जिउने।

भुकम्प आउँछ सबैको आँखाको अगाडी,
खोज्नै सकेनौं विज्ञान त्यो औजार जिउने।
बिचिल्ली छ फीलीपीन्समा आज रोएको,
मानव चोला उस्तै भैसक्यो हुनेहार जिउने।
उत्खनन् हुन्छ समुन्दरमै पनि ज्वहारभाटा,
उठ्छ लहर मानव भित्र पर्छ दरार जिउने।
सबैभन्दा अहम मुद्दा यिनै हुन् यिनैमा पछि,
कसोगरी बदल्न सकिने छ संस्कार जिउने।
आउ मानिस हो नयाँबाटो खनौं मिलिजुली,
बनाउँ उउटा योजना बनौं होसियार जिउने।
॥३॥
कुनै देशभक्त हुन्छन् कुनै छन् गद्दार भयपनि,
अविश्वास नै जन्मियो चोखो व्यपार भयपनि।
एउटा नागरिकको उत्तिकै अधिकार हुनुपर्छ,
देशभित्र गरिब भएपनि वा साहुकार भयपनि।
मलाई वेइमान सङ्ग नफरत छ एलर्जि छ सधै,
देशकोलागि अविसाप हो त्यो औतार भयपनि।
देशलाई हरिकङ्गाल गराए विदेशी मण्डि गराए,
नियतनै छैन विकासको कतै आधार भयपनि।
देश जल्दै छ उस्तै नागरिकमा छैन आत्मियता,
नेताले कुर्सी छाड्दैनन् देश नाङ्गेझार भयपनि।
विदेश नगई चुलो जल्दैन महंगि पनि उस्तै छ,
तर नेपाली हौं भन्न छाड्दैनौं हुनेहार भयपनि।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































