गोदावरी नगरपालिकाद्वारा जेष्ठ नागरिकका लागि धार्मिक तीर्थयात्रा सुरु

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले जेष्ठ नागरिक तथा चौधरी–राना समुदायका भक्तजनहरूका लागि धार्मिक तीर्थयात्रा कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको आर्थिक सहयोगमा कौशल्यामाता सत्संग आश्रमको आयोजनामा नेपालका धार्मिक क्षेत्र देवघाट, जनकपुर, लुम्बिनी लगायतका प्रमुख धार्मिक स्थलहरूको भ्रमणका लागि विशेष व्यवस्था गरेको हो।

oplus_0

गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले तीर्थयात्रामा सहभागी भलमन्सा तथा भक्तजनहरूलाई खादा लगाई बिदाइ गर्दै शुभयात्रा एवं सफल यात्राको कामना गरेका छन्। उनले नगरवासीको धार्मिक आस्था र सामाजिक एकतालाई मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

oplus_0

त्यसैगरी, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टले पनि सम्पूर्ण सहभागी भक्तजनहरूलाई सुरक्षित, सफल र शुभ यात्राको शुभकामना व्यक्त गरेका छन्।
oplus_0

नगरपालिकाले सञ्चालन गरेको यस धार्मिक तीर्थयात्राले जेष्ठ नागरिकहरूलाई धार्मिक अनुभवसँगै मानसिक सन्तुष्टि र सामाजिक सम्मानको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

nawajiwan