सुनको मूल्य फेरि उकालो लाग्यो, प्रतितोला २ लाख ९३ हजार २ सय पुग्यो

Image
Nisarga Hospital

काठमाडौं : स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार यही सुन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

nawajiwan