नयाँ राजनीतिक दल निर्माणतर्फ धवलशमशेर राणा–दुर्गा प्रसाईं समूह, २४ समिति गठन

Image
Nisarga Hospital

नयाँ राजनीतिक दल निर्माणको तयारीमा रहेका डा. धवलशमशेर राणा र दुर्गा प्रसाईं समूहले २४ वटा विभिन्न समिति गठन गर्दै नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेका छन्।

CP Hospital Dhangadhi

आइतबार बसेको समूहको बैठकले पार्टी संरचना मजबुत बनाउन विभिन्न विभाग र समितिहरूमा नेतृत्व तोकेको हो। असार पहिलो साताभित्र नयाँ पार्टी औपचारिक रूपमा घोषणा गर्ने तयारीसमेत गरिएको छ।

राणा नेतृत्वको समूह र प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ महाअभियान, नेपाल’ बीच बृहत् राष्ट्रवादी एकता कायम गर्दै नयाँ दल गठन गर्ने सहमति यसअघि नै भएको थियो। सोही सहमतिअनुसार संगठन विस्तार र जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

गठित समितिहरूमा कार्यदल, वार्ता, सचिवालय, विधान मस्यौदा, आर्थिक, सञ्चार, कानुनी परामर्श, प्रशिक्षण, युवा, महिला, प्रवास, मजदुर, खेलकुद, वातावरणलगायत विभागहरू रहेका छन्। साथै झण्डा, नाम तथा चुनाव चिन्ह निर्धारण समिति पनि गठन गरिएको छ।

समूहले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित र संरचित रूपमा अघि बढाउने जनाएको छ।