‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति विवादमा, पूर्वआईजीपीको व्यङ्ग्यात्मक प्रतिक्रिया

Image
Nisarga Hospital

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने काममा ढिलाइ भएको विषयमा दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति विवादमा परेको छ। आइतबार पृथ्वी राजमार्गअन्तर्गत सडक अनुगमनका क्रममा उनले सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे खुट्टा भाँच्ने शैलीको अभिव्यक्ति दिएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

CP Hospital Dhangadhi

सोही भिडियोमा पूर्वआईजीपी चन्द्रकुवेर खापुङले व्यङ्ग्यात्मक रूपमा टिप्पणी गर्दै ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश’ भनेपछि चर्चा थप चुलिएको छ। उनको टिप्पणीमा सयौं प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्।

Attariya Hospital

अनुगमनका क्रममा प्राधिकरणले पोल सार्ने जिम्मा लिएको ठेकेदारको ढिलाइका कारण काम प्रभावित भएको जानकारी दिएपछि मन्त्री आक्रोशित बनेका थिए। उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै देखिएको छ। सार्वजनिक पदाधिकारीको भाषा र व्यवहारबारे फेरि बहस सुरु भएको छ।

nawajiwan