टेम्पो भिर प्रकरणमा दुई जनाविरुद्ध मुद्दा, १० कर्मचारी हाजिरी जमानीमा छुटे

Image
Nisarga Hospital

कैलालीको गोदावरी–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

टेम्पो चालक धनु धामीको जाहेरीका आधारमा दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। घटनामा नियन्त्रणमा लिइएका वन रक्षकसहित १० कर्मचारीलाई भने हाजिरी जमानीमा छाडिएको छ।

Attariya Hospital

स्थानीयको टेम्पो भीरबाट फालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि १२ कर्मचारी नियन्त्रणमा लिइएका थिए। घटनाको छानबिनका लागि प्रदेश मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

nawajiwan