असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु हुने

Image
Nisarga Hospital

सरकारले असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उक्त जानकारी दिएकी हुन्।

CP Hospital Dhangadhi

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीको व्यवस्थापन र लालपुर्जा वितरणबारे प्रश्न उठाएका थिए। हाल काठमाडौंका सुकुमवासीलाई विस्थापन गरी होल्डिङ सेन्टरमा राखिएको र त्यहाँको व्यवस्थापन कमजोर भएको भन्दै आलोचना भइरहेको छ।

Attariya Hospital

जवाफमा मन्त्री रावलले सरकारले यसअघि भूमि आयोगमार्फत गर्दै आएको कामलाई निरन्तरता दिँदै नयाँ भूमि सम्बन्धी समिति गठन गरी प्रक्रिया अघि बढाइएको बताइन्। उनका अनुसार असारको तेस्रो सातादेखि लालपुर्जा वितरण कार्य औपचारिक रूपमा सुरु हुनेछ। उनले भूमि व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

nawajiwan