सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि ७ खेलाडी रिटेन, ५ रिलिज

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना प्रमुख खेलाडीलाई रिटेन गरेको छ। फ्रेन्चाइजले आफ्नो मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई टोलीमा निरन्तरता दिएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

क्लबले बुधबार सामाजिक सञ्जालमार्फत रिटेन सूची सार्वजनिक गर्दै आगामी सिजनका लागि आफ्नो मुख्य संरचना कायम राखेको जनाएको छ। रिटेन प्रक्रियाअन्तर्गत सुदूरपश्चिमले पाँच खेलाडीलाई रिलिज गरेको छ। रिलिज हुनेमा नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहरा रहेका छन्। तेस्रो सिजनको एनपीएल अक्सन नजिकिँदै गर्दा छ वटा टोलीहरूले आफ्ना रिटेन सूची सार्वजनिक गरिसकेका छन्। अब साविक विजेता लुम्बिनी लायन्सको सूची मात्र सार्वजनिक हुन बाँकी छ।

अक्सनमा बाँकी रहेका खेलाडीका लागि प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फ्रेन्चाइजहरूले टोली सन्तुलन मिलाउन रणनीतिक तयारी तीव्र बनाएका छन्। समर्थकहरूबीच पनि नयाँ सिजनलाई लिएर उत्साह बढेको छ। एनपीएलको तेस्रो सिजन आगामी महिनाहरूमा थप रोमाञ्चक हुने अनुमान गरिएको छ। सुदूरपश्चिमले उपाधि लक्ष्यसहित तयारीलाई अझ मजबुत बनाउँदै फ्रेन्चाइजमा विश्वास बढाएको छ।

nawajiwan