स्थानीय प्रतिभा उजागर गर्ने लक्ष्यसहित गोदावरीमा मेयर कप–२०८३ असार ५ देखि सुरु हुदैँ

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा खुल्ला पुरुष फुटबल प्रतियोगिता ‘मेयर कप–२०८३’ भव्य रूपमा आयोजना हुने भएको छ। पिएफए स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगिता असार ५ गतेदेखि १२ गतेसम्म गोदावरी–२ स्थित खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक तथा अनावरण गरिएको छ।

oplus_0

CP Hospital Dhangadhi

आयोजकका अनुसार प्रतियोगितामा गोदावरी नगरपालिकाका १२ वटै वडाबाट प्रतिनिधित्व गर्ने खेलाडी टोलीहरूको सहभागिता रहनेछ। स्थानीय खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको छ।
खेल संयोजक पूर्णमान खत्रीले प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको जानकारी दिए। प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघ (FIFA) को नियमअनुसार सञ्चालन गरिनेछ। प्रारम्भिक चरणका खेल ७० मिनेटको हुनेछ भने फाइनल खेल ९० मिनेटको हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उपविजेता टोलीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

oplus_0

nawajiwan
Attariya Hospital

व्यक्तिगत उत्कृष्टतर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ। साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा फुटबलको विकास, युवा खेलाडीको प्रतिभा उजागर र खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले गोदावरी क्षेत्रमा खेलकुद गतिविधिलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।