नेपालमा ४५ वर्षयताकै सबैभन्दा बढी प्रि-मनसुन वर्षा, मौसम असामान्य

Image
Nisarga Hospital

नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च–मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार औसतभन्दा झण्डै डेढ गुणा बढी पानी परेर नयाँ रेकर्ड कायम भएको हो।

CP Hospital Dhangadhi

औसतमा २२६.३ मिलिमिटर वर्षा हुने प्रि-मनसुन अवधिमा यस वर्ष ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन १४५.५ प्रतिशत हो। यससँगै सन् १९९० को ३३१.४० मिलिमिटरको पुरानो रेकर्ड समेत तोडिएको छ।

सन् १९८१ देखि १२६ वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा गरिएको विश्लेषणअनुसार यो सबैभन्दा उच्च प्रि-मनसुन वर्षा हो।

nawajiwan

विशेषगरी वैशाखसम्म पटक–पटक पानी, असिना र हिउँ परेका कारण जनजीवन प्रभावित बनेको छ। मौसमविद्हरूका अनुसार सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले यो असामान्य वर्षा गराएको हो।

Attariya Hospital

विज्ञहरूले जलवायु परिवर्तनको प्रभावले प्रि-मनसुन नै असामान्य बनेको बताएका छन्। यसले आगामी मनसुन थप जोखिमपूर्ण हुन सक्ने संकेत दिएको छ।

यस वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान गरिएको छ। तर छोटो समयमा हुने तीव्र वर्षा, तापक्रम वृद्धि र पानी अभावले विपद् जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यस वर्ष जुन १८ भइसक्दा पनि मनसुन भित्रिएको छैन, जसले थप अनिश्चितता बढाएको छ।