
बैतडी, असार ५ — धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार साँझ बैतडीमा दुर्घटनाग्रस्त भएको छ।

सुप प्र ०१–००१ ख ३६४६ नम्बरको बस अपराह्न करिब ५:४५ बजे दशरथचन्द नगरपालिका–४ शाहिलेक नजिक सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा अघि बढाइरहेका छन्। दुर्घटनामा परेकाहरूको अवस्था, घाइतेको संख्या तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप जानकारी प्राप्त हुनेक्रम जारी रहेको छ।
































