महाकाली करिडोर निर्माणमा ढिलासुस्ती, स्थानीय युवाद्वारा आन्दोलन घोषणा

Image
Nisarga Hospital

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ क्षेत्रमा निर्माणाधीन महाकाली करिडोर सडक आयोजनामा चरम ढिलासुस्ती भएको भन्दै स्थानीय युवाहरूले आन्दोलनको घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार निर्माण व्यवसायीले वैकल्पिक मार्गको व्यवस्था नगरी हचुवाको भरमा काम गरिरहेको र अत्यन्तै सुस्त गतिमा सडक निर्माण भइरहेको छ। आन्दोलनरत युवाहरूले कम्तीमा चारवटा स्काभेटर परिचालन गरी वर्षायाम सुरु हुनुअघि नै सडक सञ्चालनमा ल्याउन माग गरेका छन्।

स्थानीय युवा दीपेन्द्र सिंह ऐरीले निर्माण कार्य ‘कछुवा गतिमा’ भइरहेको आरोप लगाउँदै तत्काल सुधार आवश्यक रहेको बताए। उनले जनप्रतिनिधिहरूलाई पनि समस्या समाधानमा सक्रिय हुन आग्रह गरेका छन्।

nawajiwan
Attariya Hospital

सडक अवरुद्ध हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको र बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ। वैकल्पिक मार्ग नहुँदा दैनिक जीवन थप कष्टकर बनेको उनीहरूको भनाइ छ।

माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिँदै युवाहरूले प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन, कालोपट्टी बाँधेर विरोध तथा जनप्रतिनिधिहरूको तस्वीरसहित प्रदर्शन गर्ने घोषणा गरेका छन्। स्थानीयले सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।