
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा असार ८ गतेदेखि वर्षे बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै बिदा सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।



-
- बिदाको अवधि: असार ८ गतेदेखि असार २० गतेसम्म।
- लक्षित विद्यालय: नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू।
- विद्यालय खुल्ने मिति: असार २१ गतेदेखि नियमित रूपमा पठनपाठन सुचारु हुने।
- बिदा समायोजन: शैक्षिक क्यालेन्डरमा तोकिएको २४ गतेसम्मको बिदामध्ये बाँकी ४ दिनको बिदा पछि वर्षे वा हिउँदे बिदामा व्यवस्थापन गरिने।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, पहिले तय भएको कार्यतालिकामा सामान्य परिमार्जन गर्दै असार २१ गतेदेखि नै विद्यालय नियमित सञ्चालन गर्न/गराउन सबै विद्यालय प्रशासनलाई अनुरोध गरिएको छ।
































