धनगढीमा नगर बस सेवा विस्तार, चार नयाँ रुट थपिने

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि नगर बस सेवा थप चार नयाँ रुटमा विस्तार गर्ने भएको छ। हाल फूलवारी–धनगढी–अत्तरिया रुटमा सञ्चालन भइरहेको नगर बस सेवा अब धनगढी–कनरी–रामपुर–चौमला, धनगढी–पथरी–वनबेहडा, बेली–जुगेडा–घुईँयाघाट–बंगरा कटान तथा धनगढी–घोडसुवा–स्याउले रुटमा सञ्चालन गर्ने तयारी गरिएको छ।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाले आगामी बजेटमै सेवा विस्तारका लागि आवश्यक व्यवस्था गरेको जनाएको छ। ग्रामीण र सहरी क्षेत्रलाई यातायातमार्फत जोड्दै आर्थिक गतिविधि बढाउने, नागरिकको आवागमन सहज बनाउने तथा आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले नगर बस सेवा विस्तार गर्न लागिएको हो।

Attariya Hospital

फूलवारी–धनगढी–अत्तरिया रुटमा २०८१ भदौदेखि नगर बस सञ्चालनमा आएको थियो। अब चार नयाँ रुट थपिएसँगै नगर बस सेवा पाँच रुटमा विस्तार हुनेछ।

nawajiwan

सेवा प्रभावकारी बनाउन उपमहानगरपालिकाले ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रिया पनि अघि बढाएको जनाएको छ। यसले वातावरणमैत्री सार्वजनिक यातायात प्रवर्द्धनसँगै नगरवासीलाई थप सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।