जेनजी आन्दोलनका बेला फरार दुई कैदीबन्दी धनगढीबाट पक्राउ

Image
Nisarga Hospital

कैलाली कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी सहायक निरीक्षक (असई) अमराज बुढाको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१ को बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दाका प्रतिवादी जानकी गाउँपालिका–९ निवासी २४ वर्षीय सुमित साउद र लागूऔषध मुद्दाका भजनी नगरपालिका–५ निवासी २३ वर्षीय सुशिल साउद रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुवै जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

Attariya Hospital

प्रहरीका अनुसार सुमित साउद कैलालीको चर्चित अर्जुन दास हत्याकाण्डका अभियुक्तसमेत हुन्। उनीहरू गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका थिए।

nawajiwan

लामो समयदेखि फरार रहेका दुवै जनाको खोजी कार्य जारी रहेको अवस्थामा प्रहरीले विशेष निगरानीका आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई पुनः कारागार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।