कैलालीको अत्तरियाका होटलमा पनि यौ!न ध!न्दा, १९ जना प!क्राउ

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले छापा मारेर १९ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिल्टनसहित विभिन्न होटलमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको थियो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १९ जनालाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। पछिल्लो समय होटल तथा लजहरूमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

nawajiwan

यसअघि बुधबार मात्रै धनगढीका विभिन्न ६ वटा होटलमा गरिएको छापामार कारबाहीका क्रममा २४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने र कानुनविपरीत कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरिने जनाएको छ।