शैलेश्वरी माविमा नयाँ भवन उद्घाटन, छात्रवृत्ति वितरणले थपियो शैक्षिक उत्साह

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–६ बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएको चारकोठे पक्की भवनको उद्घाटन तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख वीरेन्द्र भट्टले रिबन काटेर भवन उद्घाटन गर्दै विद्यालयको शैक्षिक पूर्वाधार विस्तारले गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

oplus_0

CP Hospital Dhangadhi

करिब एक हजार विद्यार्थी र २७ जना शिक्षक रहेको विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज फुलारको अध्यक्षता तथा नगर प्रमुख भट्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष जग्गुराम चौधरी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।

oplus_0

कार्यक्रमका अवसरमा विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषबाट यस वर्षको ब्याज रकम करिब ६० हजार रुपैयाँ गरिब, जेहेन्दार तथा उत्कृष्ट प्रदर्शन गरेका ४६ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा विभिन्न दाताबाट स्थापना भएका अक्षयकोषको कुल रकम ७ लाख २ हजार रुपैयाँभन्दा बढी रहेको जानकारी पनि दिइयो।

oplus_0

सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। विद्यालयकी छात्रा सरिता कालीले प्रस्तुत गरेको सुमधुर गीतले उपस्थित सबैको मन जितेको थियो भने अवकाशप्राप्त शिक्षक डबल विकलाई पनि सम्मान गरिएको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रममा बोल्दै नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी नगरपालिकाले अघि सारेको शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताए।
गोदावरी नगरपालिकाले शैक्षिक सुधारलाई उच्च प्राथमिकतामा राखेर विद्यालयहरूमा आवश्यक विषयगत शिक्षकको व्यवस्थापन गरिसकेको बताए।

oplus_0

गोदावारी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव नरहेको उल्लेख गर्दै अब गुणस्तरीय शिक्षामा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरे। साथै, विद्यालयमा स्थापना भएका अक्षयकोषमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निरन्तर सहयोग पु¥याउने सबै दाताप्रति उनले हार्दिक धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन् ।

oplus_0

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराज फुलारले नयाँ भवन निर्माण र छात्रवृत्ति वितरणले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ भएको उल्लेख गर्दै शिक्षा विकासमा सहयोग गर्ने नेपाल सरकार, गोदावरी नगरपालिका तथा सबै सहयोगीप्रति आभार व्यक्त गरे।