धनगढीमा तीन दिनदेखि बेपत्ता १० वर्षीय बालक जंगलमा मृत फेला, हत्याको आशंका

Image
Nisarga Hospital

धनगढीः धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरी तीन दिनदेखि बेपत्ता भएपछि शुक्रबार स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका छन्। उनी निमेश चौधरी र राधा चौधरीका छोरा हुन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार साँझदेखि सम्पर्कविहीन भएका तनुजलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा जंगलमा शव फेला पारेका हुन्। घटनास्थल नजिकै उनले चढ्दै आएको साइकल तथा रगत लतपतिएको ढुंगा समेत भेटिएकाले घटनामा हत्या भएको आशंका गरिएको छ। प्रहरीका अनुसार शव आधा सडेको अवस्थामा फेला परेको छ।

Attariya Hospital

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल सिल गरी प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको छ। घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan

मृतक तनुज धनगढीस्थित उर्मा बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।