ह्याट्रिक नायक डेम्बेलेको चमकमा फ्रान्स समूह विजेता, नर्वेमाथि ४–१ को शानदार जित

Image
Nisarga Hospital

फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेमाथि ४–१ को प्रभावशाली जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

CP Hospital Dhangadhi

शनिबार बिहान सम्पन्न खेलमा फ्रान्सका ओस्मान डेम्बेलेले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले खेलको ७औँ, २०औँ र ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए। नर्वेका थेलो आसगार्डले २१औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले थप एक गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

Attariya Hospital

यस जितसँगै फ्रान्सले समूह चरणका तीनै खेलमा शतप्रतिशत सफलता हासिल गर्दै ९ अंकका साथ शीर्ष स्थान कब्जा गर्यो। नर्वे भने ६ अंकसहित समूह उपविजेता बन्यो।

nawajiwan

विशेष कुरा, अन्तिम खेलअघि नै दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए। अन्तिम खेलको नतिजाले केवल समूह विजेता र उपविजेताको टुंगो लगाएको हो।