लिग–२ खेल्नका लागि नेदरल्याण्ड्स श्रृंखलामा रोहितको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

Image
Nisarga Hospital

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा हुने श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

CP Hospital Dhangadhi

घोषित टोलीले लिग–२ श्रृंखलाअघि बेलायतमा अभ्यास गर्नेछ। त्यसपछि टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। प्रतियोगिता जुलाई २१ देखि ३१ सम्म सञ्चालन हुनेछ।

टोलीमा कप्तान रोहित पौडेलसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।

nawajiwan
Attariya Hospital

क्यानले वैकल्पिक खेलाडीका रूपमा साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई पनि समावेश गरेको छ। यसपटक युवराज खत्री वैकल्पिक टोलीमा नयाँ अनुहारका रूपमा रहेका छन्।

नेपालले जुलाई २१ मा नामिबियासँग पहिलो खेल खेल्नेछ। त्यसपछि जुलाई २३ मा घरेलु टोली नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणमा नेपालले जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्याण्ड्ससँग खेल्दै आफ्नो लिग–२ अभियान सम्पन्न गर्नेछ।