पूर्व एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ, ८ करोडभन्दा बढी रकम अपचलनको आरोप

Image
Nisarga Hospital

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पालाई प्रहरीले ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीसँग सम्बन्धित करिब ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाएको हो।

CP Hospital Dhangadhi

सीआईबीका अनुसार विद्यालयको कार्यकारी प्रमुख रहँदा शेर्पाले विभिन्न प्रपञ्च अपनाई व्यक्तिगत लाभ लिएका तथा संस्थालाई आर्थिक हानि पुर्‍याएका छन्। अनुसन्धानमा विद्यालयको हितविपरीत भक्तपुरको दधिकोटस्थित २९ रोपनी ४ आना जग्गा आफ्नो स्वामित्वसँग सम्बन्धित कम्पनीलाई बिक्री गरेको, साथै विद्यालयका लागि छुट्याइएको रकमबाट आफ्नै कम्पनीको नाममा जग्गा र सवारी साधन खरिद गरेको आरोप पनि छ।

Attariya Hospital

यस प्रकरणमा ठगी र आपराधिक विश्वासघात गरेको भन्दै दुई वर्षअघि नै उजुरी परे पनि दर्ता भएको थिएन। अदालतको आदेशपछि उजुरी दर्ता गरी सीआईबीले अनुसन्धान अघि बढाएको हो। अहिले शेर्पामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan