भेनेजुयलामा शक्तिशाली भूकम्पको कहर: मृतक ९२० पुगे, हजारौं घाइते

Image
Nisarga Hospital

भेनेजुयलामा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने तीन हजार ३६० जना घाइते भएका छन्। अझै धेरै मानिस सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

गत बुधबार केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको थियो। तीमध्ये दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको थियो, जुन पछिल्लो एक शताब्दीमा भेनेजुयलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।

Attariya Hospital

अधिकारीहरूका अनुसार राजधानीको उत्तरमा रहेको ला गुआयरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यो क्षेत्र देशका दुई प्रमुख बन्दरगाहमध्ये एक रहेको तथा सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल अवस्थित माइकेतिया पनि यही क्षेत्रमा पर्छ।

nawajiwan

भूकम्पपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी छ। भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएकाले खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको छ। प्रभावित क्षेत्रमा आपत्कालीन सहायता, स्वास्थ्य सेवा र राहत सामग्री वितरणलाई प्राथमिकता दिइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ।