रुसी राष्ट्रवादीहरूको पुटिनमाथि युद्ध तीव्र बनाउन दबाब

Image
Nisarga Hospital

रुसभित्र युक्रेनले लगातार ड्रोन आक्रमण तीव्र बनाएपछि र अमेरिकाले आफूले अपेक्षा गरेअनुसार युद्ध अन्त्यका लागि प्रभावकारी पहल नगरेको आरोप लगाउँदै रुसी राष्ट्रवादी तथा कट्टरपन्थी समूहहरूले राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सैन्य कारबाही थप आक्रामक बनाउन दबाब बढाएका छन्। उनीहरूले कूटनीतिक प्रयास त्यागेर निर्णायक युद्ध रणनीति अपनाउन माग गरेका हुन्।

CP Hospital Dhangadhi

राष्ट्रवादी समूहहरूले लामो समयदेखि पूर्ण सैन्य परिचालन, कीभका सरकारी संरचनामाथि व्यापक आक्रमण, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई लक्षित कारबाही तथा युरोपस्थित ड्रोन उत्पादन केन्द्रहरू ध्वस्त पार्नुपर्ने माग गर्दै आएका छन्। केही कट्टरपन्थीले रणनीतिक आणविक हतियार प्रयोगको विकल्पसमेत खुला राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

हालै मस्को, सेन्ट पिटर्सबर्ग र क्रिमियालगायत क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण बढेपछि यस्तो दबाब थप चर्किएको विश्लेषकहरूको भनाइ छ। राष्ट्रवादी व्यापारी कन्स्टान्टिन मालोफेयेभसहित प्रभावशाली ब्लगरहरूले युद्ध जित्न कुनै पनि उपाय अपनाउनुपर्ने तर्क अघि सारेका छन्। कतिपयले अमेरिकाको भूमिकामाथि पनि प्रश्न उठाउँदै शान्ति वार्ता निष्प्रभावी भएको दाबी गरेका छन्।

nawajiwan
Attariya Hospital

यद्यपि, क्रेमलिनले हालसम्म वार्ताको ढोका बन्द नगरेको जनाएको छ। पुटिनले राष्ट्रवादीहरूको चरम प्रस्तावलाई खुला समर्थन नगरे पनि रुसले आफ्नो सैन्य रणनीति जारी राख्ने संकेत दिएका छन्। रक्षा मन्त्रालयले युक्रेनका लागि ड्रोन उत्पादन हुने भनिएका युरोपेली कारखानाहरूलाई सम्भावित निशानामा राख्न सकिने चेतावनी दिइसकेको छ।

यसबीच, रुसी विदेश मन्त्रालयले युक्रेनका सैन्य संरचनामाथि व्यवस्थित आक्रमण जारी रहने बताएको छ। पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी सेना रणनीतिक लक्ष्य नजिक पुगेको दाबी गर्दै अन्ततः रुसकै पक्षमा परिणाम आउने विश्वास व्यक्त गरेका छन्।