आगामी तीन दिन देशभर वर्षा बढ्ने, भारी वर्षा र हावाहुरीको जोखिमबारे उच्च सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढ्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार राति जारी विशेष बुलेटिनअनुसार आइतबार र सोमबार वर्षा अझ तीव्र हुने सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार सोमबार राति विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

वर्षासँगै हावाहुरीको जोखिम पनि बढ्ने भएकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

nawajiwan
Attariya Hospital

महाशाखाले निरन्तरको वर्षा र हावाहुरीका कारण बाढी, पहिरो, डुबान, यातायात अवरोध तथा कृषि क्षेत्रमा क्षति पुग्न सक्ने भएकाले विभागबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ। आवश्यक सावधानी अपनाएर मात्र यात्रा तथा अन्य दैनिक कामकाज गर्न पनि सुझाव दिइएको छ।

यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा तीन दिनअघि, जेठ २८ गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो। हाल मनसुन देशभर सक्रिय रहेकाले अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।