सुनचाँदीको मूल्यमा उच्च वृद्धि, तोलामा सुन रु ४,७०० महँगियो

Image
Nisarga Hospital

स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला रु ४ हजार ७०० र चाँदी रु १४५ ले महँगिएको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ८०० कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३२५ निर्धारण गरिएको छ।

Attariya Hospital

यसअघि शुक्रबार सुन प्रतितोला रु २ लाख ७९ हजार १०० र चाँदी रु ४ हजार १८० मा कारोबार भएको थियो। पछिल्लो एकै दिनको मूल्यवृद्धिले सुनचाँदी खरिद गर्ने उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रभाव पारेको छ।

nawajiwan

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ८ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।