न्यू सृजनशील युवा क्लबको अध्यक्षमा पुनः नरबहादुर राई

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित न्यू सृजनशील युवा क्लबको अध्यक्षमा नरबहादुर राई पुनः सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

आइतबार सम्पन्न क्लबको चौथो साधारण सभा तथा अधिवेशनले राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा शर्मानन्द भट्ट, सचिवमा तीर्थराज ओझा, सहसचिवमा बिना बुढाथोकी र कोषाध्यक्षमा पूर्णमान खत्री निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा विक्रम विष्ट, वरुण लामा, अनुप गुरुङ (सुरेन्द्र), विनोद मगर, रजत शाही र अनिश सिंह चयन भएका छन्।

nawajiwan
Attariya Hospital

अधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभारसमेत ग्रहण गरेका छन्।

वि.सं. २०५४ सालमा स्थापना भएको न्यू सृजनशील युवा क्लबले सुरुदेखि नै युवाको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवामूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। नयाँ कार्यसमितिले पनि क्लबका उद्देश्यलाई थप प्रभावकारी रूपमा अघि बढाउँदै युवाको क्षमता अभिवृद्धि र समाजसेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।