पाकिस्तानको अफगानिस्तान आक्रमणको भारतद्वारा निन्दा, सार्वभौमिकताको सम्मान गर्न आग्रह

Image
Nisarga Hospital

भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको कडा निन्दा गर्दै ज्यान गुमाएका नागरिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले उक्त आक्रमणलाई अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको खुला हस्तक्षेप भन्दै यसले क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरतामा प्रत्यक्ष असर पार्ने जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको उल्लेख गर्दै पाकिस्तानको कदमलाई गैरजिम्मेवार व्यवहारको उदाहरण भनिएको छ। साथै, आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न पाकिस्तानले यस्ता गतिविधि गरिरहेको आरोप पनि भारतले लगाएको छ।

Attariya Hospital

भारतले अफगानिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति आफ्नो अटल समर्थन पुनः दोहोर्‍याएको छ।

nawajiwan

यसअघि पाकिस्तानले आइतबार र सोमबार मध्यरातमा अफगानिस्तानभित्र स्थल तथा हवाई सैन्य कारबाही सञ्चालन गरेको र त्यसक्रममा २९ जना चरमपन्थी मारिएको दाबी गरेको थियो। तर, अफगानिस्तानको तालिबान सरकारले भने ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं सर्वसाधारण नागरिकको मृत्यु भएको दाबी गर्दै घटनाको विरोध गरेको छ।