इरान–अमेरिका वार्ताको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार कच्चा तेलको मूल्यमा गिरावट आएको छ। कतारको दोहामा इरान र अमेरिकाबीच सम्भावित वार्ताको चर्चा बढेसँगै लगानीकर्ताको ध्यान कूटनीतिक पहलतर्फ केन्द्रित हुँदा तेलको मूल्य घटेको विश्लेषण गरिएको छ।

 

लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले घटेर प्रतिव्यारेल ७२.५१ डलरमा पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) ०.६ प्रतिशतले घटेर ७०.३६ डलर प्रतिव्यारेलमा कारोबार भएको छ। दुवै सूचकांक युद्ध सुरु हुनुअघिको मूल्य नजिक पुगेका छन्।

 

विश्लेषकहरूका अनुसार इरान–अमेरिका सम्बन्धमा सकारात्मक संकेत देखिए पनि मध्यपूर्वको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। साथै, चीनबाट कच्चा तेलको माग अपेक्षाअनुसार नबढ्नुले पनि मूल्यमा थप दबाब सिर्जना गरेको छ।

 

केसीएम ट्रेड्सका प्रमुख बजार विश्लेषक टिम वाटररले सम्भावित वार्ताले बजारमा आशा जगाए पनि द्वन्द्व वास्तवमै कम भएको स्पष्ट प्रमाण नआएसम्म लगानीकर्ताहरू सतर्क रहने बताएका छन्।

 

यसैबीच, इरानले स्ट्रेट अफ होर्मुजमा जहाज मार्ग व्यवस्थापनबारे वार्ताको तयारी भइरहेको जनाएको छ। तर इरानले निकट भविष्यमा अमेरिकासँग औपचारिक वार्ता नहुने स्पष्ट पारेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित बैठकको नतिजा प्रतीक्षा गर्नुपर्ने बताएका छन्।

 
 
CP Hospital Dhangadhi
Attariya Hospital
nawajiwan