उद्योगमन्त्रीको कडाइपछि ४२ करोडभन्दा बढी औद्योगिक भाडा बक्यौता असुल

Image
Nisarga Hospital

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव को कडा निर्देशनपछि वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको ४२ करोड ५४ लाख रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई सातामै असुल भएको छ।

CP Hospital Dhangadhi

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार वि.सं. २०४५ सालदेखि केही उद्योग तथा कार्यालयले सरकारी सम्पत्तिको भाडा नतिरी बक्यौता राख्दै आएका थिए। मन्त्री यादवको निर्देशनपछि लिमिटेडले करिब ६३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै तत्काल भाडा तिर्न आग्रह गरेको थियो। त्यसपछि अधिकांश उद्योगले बक्यौता रकम बुझाएका हुन्।

बक्यौता नतिर्ने उद्योगमाथि कडाइ गर्दै मन्त्री यादवले विद्युत सेवा काट्न निर्देशन दिएपछि प्रारम्भिक चरणमै दुई सयभन्दा बढी उद्योगको लाइन काटिएको थियो। त्यसपछि धेरै उद्योगले भाडा चुक्ता गरेपछि विद्युत सेवा पुनः सञ्चालन गरिएको छ।

nawajiwan
Attariya Hospital

हाल पनि ४५ उद्योग तथा कम्पनीको विद्युत सेवा बन्द रहेको लिमिटेडले जनाएको छ। ती उद्योगले सम्पूर्ण बक्यौता नतिरेसम्म सेवा पुनः सञ्चालन नगर्न मन्त्रीले निर्देशन दिएका छन्।

लामो समयदेखि ठूलो रकम बक्यौता राख्ने केही उद्योगविरुद्ध पनि आवश्यक प्रक्रिया अघि बढाइएको छ। लिमिटेडले सरकारी सम्पत्तिको भाडा असुली अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।