बैतडीमा सडक निर्माण अघि बढाउने सहमतिपछि मेलौलीको आमरण अनसन अन्त्य

Image
Nisarga Hospital

बैतडीको मेलौली नगरपालिका–९ मा निर्माणाधीन तिनजोर्ना–हरडाखान–कान्तिपुर हुँदै वडा कार्यालयसम्म पुग्ने सडक स्तरोन्नति कार्य अघि बढाउने सहमति भएपछि आमरण अनसन अन्त्य भएको छ।

CP Hospital Dhangadhi

सडक डिभिजन कार्यालय पाटनमार्फत ठेक्कामा निर्माण भइरहेको सडकको काम अवरुद्ध भएपछि वडा सदस्य जनकराज भट्ट र पूर्व वडा सदस्य भीमदत्त भट्टले सोमबारदेखि मेलौली नगरपालिकामा आमरण अनसन सुरु गरेका थिए। उनीहरूले सडक निर्माणमा भइरहेको अवरोध हटाएर कामलाई तत्काल अघि बढाउन माग गरेका थिए।

बुधबार मेलौली नगरपालिकामा नगर प्रमुख भीमबहादुर चन्दको अध्यक्षता तथा बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको विशेष उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो।

nawajiwan
Attariya Hospital

सहमतिअनुसार अब सडक निर्माण कार्यमा कुनै अवरोध आए जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था मिलाउँदै निर्माणलाई निरन्तरता दिनेछ। निर्माण कार्यलाई अवरुद्ध हुन नदिने प्रतिबद्धतापछि अनसन फिर्ता गरिएको वडा सदस्य जनकराज भट्टले जानकारी दिए।

स्थानीयले पनि सहमतिअनुसार सडक निर्माण समयमै सम्पन्न गरी आवागमन सहज बनाउने अपेक्षा गरेका छन्।