कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

Image
Nisarga Hospital

कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट उनलाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद सजाय तथा १२ हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।

Attariya Hospital

उक्त फैसला कार्यान्वयनका लागि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

nawajiwan

प्रहरीले अदालतको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको पनि जानकारी दिएको छ। अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना तोकिएपछि फैसला कार्यान्वयन गर्ने नियमित प्रक्रियाअन्तर्गत भण्डारीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। अब उनलाई सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी अदालतको आदेशअनुसार कारागार चलान तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।