पहिलो वर्षामै जलमग्न बन्यो धनगढी : रातोपुल डुबानले ‘स्मार्ट सिटी’को दाबीमाथि प्रश्न

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने दाबी भइरहेका बेला वर्षाको पहिलो झरीमै मुख्य व्यापारिक क्षेत्र रातोपुल जलमग्न भएको छ। केहीबेरको वर्षाले नै सडक तालजस्तै बनेपछि स्थानीयले विकासका दाबीमाथि प्रश्न उठाएका छन्।

CP Hospital Dhangadhi

वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्याले व्यवसायीहरू सबैभन्दा बढी मारमा परेका छन्। पानी पर्नेबित्तिकै पसलभित्र पानी पस्ने डरले रातभर सामान जोगाएर बस्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। समस्या पटक–पटक दोहोरिए पनि सम्बन्धित निकायले प्रभावकारी समाधान गर्न नसकेको आरोप स्थानीयको छ।

एक व्यवसायीका अनुसार पानीभन्दा पनि उपमहानगरको बेवास्ताले आफूहरू बढी पीडित बनेका छन्। अर्का व्यवसायीले कर नियमित रूपमा उठाइए पनि पानी निकासको स्थायी व्यवस्था नहुनु दुःखद भएको बताए।

nawajiwan
Attariya Hospital

स्थानीयका अनुसार बजार क्षेत्रमा व्यवस्थित ढल तथा पानी निकास प्रणालीको अभावका कारण सामान्य वर्षामै सडक डुब्ने, व्यापार प्रभावित हुने र लाखौँ रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको छ।

हरेक वर्ष वर्षा लाग्ने, बजार डुब्ने, सर्वसाधारण र व्यवसायी सास्ती भोग्ने तथा केही दिनपछि समस्या फेरि ओझेलमा पर्ने क्रम दोहोरिँदै आएको छ। त्यसैले स्थानीयले अब आश्वासन होइन, प्रभावकारी ढल व्यवस्थापन र स्थायी समाधानको माग गरेका छन्। विकासका भाषणभन्दा व्यवहारमै परिवर्तन देख्न धनगढीवासीले अपेक्षा गरेका छन्।