एकैदिन ६,२०० रुपैयाँ उकालो, सुनको मूल्य २ लाख ८३ हजार ५०० पुग्यो

Image
Nisarga Hospital

नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार यही सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

चाँदीको मूल्य पनि प्रतितोला १८० रुपैयाँले बढ्दै ४ हजार ४५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

Attariya Hospital

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको माग–आपूर्तिमा आएको उतारचढाव, वैदेशिक विनिमय दरमा भएको परिवर्तन तथा सुरक्षित लगानीका रूपमा सुनप्रतिको आकर्षण बढ्दै जाँदा नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो। महासंघले अन्तर्राष्ट्रिय बुलियन बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ। पछिल्लो मूल्य वृद्धिसँगै गरगहना खरिद गर्ने उपभोक्ता र लगानीकर्ता दुवैलाई बजारको अवस्थाबारे थप सतर्क रहनुपर्ने देखिएको छ।

nawajiwan