बैतडीमा यात्रुवाहक बस दुर्घटना, १७ जना घाइते

Image
Nisarga Hospital

बैतडीमा धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा १७ जना घाइते भएका छन्। शुक्रबार दिउँसो सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस पाटन नगरपालिका–८ गैराखानमा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाका अनुसार दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। घाइते सबैलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

Attariya Hospital

प्रहरीका अनुसार घाइतेहरूको अवस्था र परिचय खुलाउने काम भइरहेको छ। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan

दुर्घटनापछि केही समय उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिएको थियो। बस सडकबाट कसरी खस्यो भन्ने विषयमा प्राविधिक तथा अन्य सम्भावित पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।