चिसापानीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, फरार चालक सुर्खेतबाट पक्राउ

Image
Nisarga Hospital

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी बजारमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार राति करिब ९ः३० बजे रुबी होटल अगाडि सडक पार गर्दै गरेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनापछि इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मीरा खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी टीकापुर अस्पताल पुर्‍याएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन। शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले सुर्खेतबाट मिनी ट्रकसहित नियन्त्रणमा लिएको छ। भे १ क २५९६ नम्बरको मिनी ट्रकसहित पञ्चपुरी नगरपालिका–४ का ३१ वर्षीय चालक सन्तोष सिजापति मगरलाई शुक्रबार राति करिब १२ बजे पक्राउ गरिएको हो। ट्रकलाई तातोपानी प्रहरी पोस्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको प्रहरीले जनाएको छ।

Dhnagadhi & Krishanapur