एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह-४४ को अधिवेशन सम्पन्न,संयोजकमा पुन: पाण्डेय

Image
Nisarga Hospital

एम्नेष्टी ईन्टरनेशनल नेपाल, समूह -४४ को आठौं अधिवेसन धनगढीमा सम्पन्न भएको छ।
अधिवेशनको एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रमुख प्रकाश दत्त भट्टले समुद्घाटन गर्नु भएको थियो।

CP Hospital Dhangadhi

कार्यक्रममा प्रमुख अतिथिले भट्टले आयोगले मानव अधिकार संरक्षणका साथै मानवअधिकार हननका घटनाहरुको न्यूनीकरणका लागि भूमिका निर्वाह गरिरहेको बताउँदै आगामि दिनमा मानवअधिकारका अभियान संचालनका लागि एम्नेष्टी नेपाल सँग सहकार्य गर्ने बताउनुभयो ।

nawajiwan
Attariya Hospital

कार्यक्रममा विशिष्ट अतिथी शहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयका सिनेटर प्रा. धर्मदेव भट्ट, प्रा. डा. रघुविर भट्ट तथा ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय कुमार पन्तले अधिवेसनको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो।

अधिवेशनबाट एम्नेष्टी ईन्टरनेशनल नेपाल समुह -४४ को संयोजकमा पुन: ओम प्रकाश पाण्डेय चयन भएका छन । यसैगरी उपसंयोजकमा प्रेमराज भट्ट सचिवमा लक्ष्मीराज ओझा,सहसचिवमा राजेन्द्र रैका, कोषाध्यक्षमा अम्बिका दहाल चयन भएका छन भनेसदस्यहरुमा क्रमश: मदनकृष्ण भट्ट,मञ्जु बिनाडी,निर्मला उप्रेती, पर्शुराम उपाध्याय चयन भएका छन ।

त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा मोहन भण्डारी र कञ्चन पन्त सिंहलाई चयन गरेको छ । अधिवेशन समूह- ४४ का अध्यक्ष ओम प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियोे ।