
बालेन शाह नेतृत्वको सरकारले आज कार्यकालको सय दिन पूरा गरेको छ। यस अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले सय दिनमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वनिर्धारित सयदिने कार्यसूचीअनुसार विभिन्न क्षेत्रमा भएका प्रगति र उपलब्धिबारे जानकारी दिएका छन्। उनका अनुसार सरकारले प्रशासन, रोजगारी, सामाजिक सुरक्षा, सुशासन, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा तय गरिएका योजनालाई कार्यान्वयन गर्दै उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ।

सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा विभिन्न मन्त्रालयमार्फत सम्पन्न भएका कार्यक्रम, सेवा प्रवाहमा सुधार तथा नागरिक केन्द्रित योजनाहरू समेटिएका छन्। सरकारले आगामी दिनमा पनि तय गरिएका लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन र विकासलाई थप गति दिने प्रतिबद्धता जनाएको छ।

































